TodayPati

रौतहटमा धारिलो हतियार प्रहार गरी वृद्धको हत्या

टुडेपाटी

रौतहट, साउन ३० गते ।

रौतहटको गौर नगरपालिका–५ कोइरी टोलमा ७४ वर्षीय वृद्ध अनिरुद्ध महतोको धारिलो हतियार प्रयोग गरी हत्या भएको छ। उनको शव बुधबार बिहान धान खेतमा फेला परेको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक दिलिप घिमिरेका अनुसार महतोको शव उनको घरभन्दा २ सय मिटर पूर्वमा रहेको धान खेतमा भेटिएको हो। प्रारम्भिक अनुसन्धानका क्रममा महतोको हत्या धारिलो हतियारले प्रहार गरी गरिएको आशंका गरिएको छ।

Sponsored

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएको छ

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *