TodayPati

सप्तरीमा ट्रक सडकबाट खस्दा च्यापेर चालकको मृत्यु

टुडेपाटी

जनकपुरधाम, साउन २९ गते ।

सप्तरीमा ट्रक सडकबाट खस्दा च्यापेर चालकको मृत्यु भएको छ ।

Sponsored

मृत्यु हुनेमा ट्रक चालक मोरङको उर्लाबारी नगरपालिका-१ का २५  वर्षीय सबिन राई छन् ।

सप्तरीका प्रहरी प्रवक्ता डिएसपी ढुण्डीराज न्यौपानेका अनुसार आज बिहान साढे ६ बजेको समयमा पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको शम्भुनाथ नगरपालिका ५ स्थित पूर्वतर्फ जाँदै गरेको मधेश प्रदेश-०३-००१ ख ८१८१ नम्बरको क्लिङकर लोड गरेको १२ चक्के ट्रक सडकबाट करिब २० मिटर तल खसेर दुर्घटना भएको हो ।

ट्रकभित्र नै चेपिएर चालकको घट्नास्थलमानै मृत्यु भएको हो । घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *