TodayPati

पत्रकार झाद्वारा लिखित मैथिली पुस्तक ‘खुशी’ को आवरण सार्वजनिक

टुडेपाटी-
जनकपुरधाम, साउन २७ गते

सञ्चारकर्मी सुजीत कुमार झाद्वारा लिखित मैथिली पुस्तक ‘खुशी: वीरेन्द्रक यात्रा कथा’ को आवरण सार्वजनिक गरिएको छ । राम मन्दिरका महन्थ राम गिरीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा पुस्तकको आवरण सार्वजनिक गरिएको हो ।
पुस्तकमा मोडेल मल्टिपल कलेज जनकपुरधामका संस्थापक वीरेन्द्र साहको संघर्ष र सफलताको कथा प्रस्तुत गरेको छ।

कार्यक्रममा बोल्दै महन्थ राम गिरिले पुस्तक पढेर समाजका हरेक तहका व्यक्ति सधैं खुशी रहुन् भन्ने कामना गरे। उनले पुस्तकको माध्यमबाट समाजमा सकारात्मक सोच र प्रेरणा फैलाउन सकिने विश्वास व्यक्त गरे।

Sponsored

पुस्तकमा आफ्नो जीवनका संघर्ष र सफलताको कथा समेटिएकोमा कलेजका संस्थापक साहले खुसी व्यक्त गरे। उनले जनकपुरधाममा शिक्षाको क्रान्ति ल्याउने अभियानमा लागिरहेको बताउँदै, सञ्चारकर्मी झाद्वारा लिखित यो पुस्तकले उक्त अभियानमा थप ऊर्जा प्रदान गरेको बताए।

मोडेल खबरका सल्लाहकार एवं प्राध्यापक डा. सुरेन्द्र लाभले पुस्तकका लेखक झालाई “कलमवीर” र पुस्तकका केन्द्रबिन्दु साहलाई “कर्मवीर” को संज्ञा दिँदै दुवै व्यक्तित्वले आ-आफ्नो क्षेत्रमा अविराम योगदान गरिरहेकोमा प्रशंसा व्यक्त गरे। उनले संघर्ष नै खुशी प्राप्त गर्ने सबैभन्दा ठूलो माध्यम भएको पनि बताए।

वरिष्ठ साहित्यकार रोशन जनकपुरीले पुस्तकको महत्वबारे चर्चा गर्दै संघर्ष नै जीवनको सार हो र यसले नै सच्चा खुशी दिन्छ भन्ने धारणा व्यक्त गरे।

Sponsored

कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति थियो, जसले समाजमा सकारात्मक परिवर्तन ल्याउन संघर्षको भूमिका महत्वपूर्ण रहेको कुरामा जोड दिए।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *