TodayPati

महोत्तरीमा क्रसर माफियाले ग्राइभेल झिकेको खाल्डोमा डुबेर बालकको मृत्यु

टुडपाटी-
जनकपुरधाम, साउन १४ गते ।

महोत्तरीमा क्रसर माफियाले ग्राइभल झिकेको खाल्डोमा जमेको पानीमा डुबेर एक बालकको मृत्यु भएको छ ।

महोत्तरीको बर्दिवास–६ स्थित रातुखोला किनारमा क्रसर उद्योगले बनाएको खाल्डोमा डुबेर स्थानीय विक्रम अधिकारीका १३ वर्षीय छोरा रिदम अधिकारीको मृत्यु भएको हो ।

Sponsored

शनिबार बिहानै घरबाट निस्केका रिदम अबरेसम्म घर नफर्किएपछि परिवारजनले खोजविन सुरु गरेको थियो । उनको शव क्रसरले झिकेको खाल्डोमा डुबेको अवस्थामा आइतबार दिउँसो २ः३० बजेतिर फेला परेको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी सन्तुलाल जयसवारले जानकारी दिए ।

क्रसर माफियाले त्यहाँ मापदण्ड विपरीत २० फिटभन्दा बढी गहिरोसम्मको ग्राइभेल झिकेर सयौं खाल्डो बनाएका छन् । जुन स्थानीय बालबालिकाको लागि जोखिम बनेको स्थानीयको गुनासो छ ।
घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *