TodayPati

पोखरामा स्कुल बस दुर्घटना हुँदा दुईजनाको मृत्यु, २८ जना घाइते

टुडेपाटी-
जनकपुरधाम, साउन १४ गते ।

पोखरामा भएको स्कुल बस दुर्घटना हुँदा दुईजना हुँदा दुईजनाको मृत्यु भएको छ । अन्य २८ जना घाइते भएका छन् ।

आज बिहान पोखरा २१ कृस्तीमा एलपी देवकोटा मेमोरियल विद्यालयको ग १ क ६२१९ नम्बरको स्कुल बस विद्यार्थीसहित दुर्घटनामा परेको हो। चालकले नियन्त्रण गुमाउँदा बस सडकबाट अन्दाजी ५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

Sponsored

दुर्घटनामा मृत्यु हुनेमा एलपी देवकोटा मेमोरियल विद्यालयकी कार्यालय सहयोगी ३३ वर्षीया आरती विक र उनका अन्दाजी ५ वर्षीय छोरा प्रिन्स विक छन् ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका प्रिन्सको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो ।
घाइते विद्यार्थीको गण्डकी मेडिकल कलेज र मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको कास्की प्रहरी प्रवक्ता वसन्तकुमार शर्माले जानकारी दिए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *