TodayPati

जग्गाकै विषयमा राज्यमन्त्री रायको हत्या आफ्नै कामदारबाट भएको खुलासा

टुडेपाटी-
जनकपुरधाम, साउन १४ गते ।

पूर्व राज्यमन्त्री रामचन्द्र रायको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा उनकै घरमा काम गर्ने कबिलासी नगरपालिका भई हाल चन्द्रनगर गाउँपालिका १ रतनपुर बस्ने २५ वर्षीय राम उजैन राय र छिमेक ४६ वर्षीय विरेन्द्र राय छन् ।

उनीहरु नै पूर्वमन्त्री रायको हत्या घटनामा संलग्न रहेको घटनाको प्रारम्भिक अनुसन्धान र फेला परेको प्रमाणबाट खुलेको सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए ।
साउन ६ गते राति सर्लाहीको चन्द्रपुर गाउँपालिका १ रतनपुरमा पूर्व भुमिसुधार राज्य मन्त्री रायको धारिलो हतियार प्रहार गरी हत्या भएको थियो ।

Sponsored

पूर्वमन्त्री रायको हत्या जग्गा सम्बन्धि विवाद र आर्थिक प्रलोभानको कारण कामदा राम उज्जैनले गरेको प्रहरीको निष्कर्ष छ । प्रहरीका अनुसार करिब १ महिना अगाडि मन्त्री रायका छिमेक बिरेन्द्रले राम उजैन लाई रायको घर जग्गाको नक्सा झुक्याई मागेर फोटो भिडियो बनाएका थिए । रायको पक्की घर रहेको जग्गा आफ्नो जग्गा ओगटेर घर बनाएको विरेन्द्रले भन्ने गरेका थिए । घटनाको केहि दिन अघि मात्र रायको हत्या गरे बिरेन्द्रले राम उजैनलाइ २ लाख रुपैयाँ र व्यवसायको लागि एउटा फर्म समेत बनाइ दिने प्रलोभन दिएको अनुसन्धानबाट खुलेको छ ।
त्यसपछि जग्गा आफूले भोगचलन गर्ने उक्साहटमा काम गर्ने राम उज्जैनले पूर्वमन्त्री रायको हत्या गरेको समेत स्वीकारेको डिएसपी श्रेष्ठले बताए ।

हत्या घटनाको प्रमाण प्रमाणहरु पनि फेला परेको छ । घटनास्थलबाट २०÷२५ मिटर पश्चिम बाँसको झ्याङमा रगत (रगत जस्तो देखिने रातो पदार्थ) तथा कपाल समेत लागेको अवस्थामा फलामको धारिलो (उखु काटने फर्सा) काट्ने हतियार, सेतो सेण्डो गन्जी च्याती ३ तीन टुक्रा पारी बेरी गोलो बल (भकुण्डो) जस्तो बनाई घटनास्थलदेखि पश्चिम उत्तरतर्फ रहेको बारी छेउको बाटोतर्फ फेला परेको प्रहरील जनाएको छ । त्यो कपडा काम गर्ने रामउज्जैनको रहेको प्रमाणि भएको छ ।

भौतिक सवुतहमरु परिक्षणका लागि पठाइएको थियो भने मोबाइलसँग सम्बन्धित डाटा नेपाल टेलिकम र एनसेलसँग प्राप्त गरी सुक्ष्म प्राविधिक विश्लेषण गरेको, प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरीरो र प्रदेश प्रहरी कार्यालयवाट समेत अनुसन्धान अधिकृत सहितको टोलीहरुको संलग्नतामा अनुसन्धान गरी आरोपी पत्ता लगाइएको प्रहरीले जनाएको छ ।
दुबैजनामाथि कर्तव्यज्यान मुद्दामा सर्लाही जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको डिएसपी श्रेष्ठले बताए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *