TodayPati

आफ्नो व्यवसाय सुरु तथा सुधार सम्बन्धि प्रशिक्षण सम्पन्न

टुडेपाटी-
रौतहट, साउन १३ गते ।

रौतहटको चन्द्रपुरमा आयोजित ’आफ्नो व्यवसाय सुरु तथा सुधार गर्नुहोस्’ सम्बन्धि ९ दिने प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न भएको छ । सफल उद्यमशिलता व्यवसाय परामर्श तथा तालिम केन्द्र प्रालि. गोडैता, सर्लाहीको आयोजनामा साउन ४ गतेदेखि सुरु भएको थियो ।

विभिन्न व्यावसायिक सीपहरू विकास गर्न र प्रशिक्षकहरूलाई व्यवसाय सञ्चालनका लागि आवश्यक ज्ञान प्रदान गर्न केन्द्रित तालिमको आइतबार कार्यक्रमको समापन गरिएको छ ।

Sponsored

तालिम आयोजक मनोज कुमार साहको अध्यक्षता तथा गढीमाई नगरपालिकाका नगरप्रमुख श्याम प्रसाद यादवको प्रमुख आतिथ्यमा भएको समापन समारोहमा विशिष्ट अतिथिको रुपमा प्रशिक्षक अर्जुन प्रसाद भट्टराई सहभागी थिए । यस्तै अतिथिको रुपमा मकवानपुर जिल्लाका कैलाश गाउँपालिकाका वडा नं. ७ का वडा अध्यक्ष उदास कुमार भोलन र गढीमाई नगरपालिकाका प्रमुख प्रकाशकीय अधिकृत रहेको समारोहको संचालन चैन किसोर राउतले गरेका थिए।

उनीहरुले सहभागीहरूले तालिमको उद्देश्य र यसको प्रभावबारे चर्चा गर्दै विभिन्न विचार व्यक्त गरेका थिए । तालिमको मुख्य उद्देश्य व्यवसायिक ज्ञान वृद्धि, सीप विकास र अनुप्रयोगात्मक थियो ।
तालिमले प्रशिक्षकहरूलाई व्यवसायको मूल सिद्धान्तहरू, व्यावसायिक योजना, बजार विश्लेषण, वित्तीय व्यवस्थापन, र ग्राहक सेवा जस्ता विषयहरूमा ज्ञान प्रदान गरेको छ । साथै, बिक्री रणनीति, वार्तालाप कला, र नेटवर्किङ सीपहरूमा पनि तालिम दिइएको थियो । व्यावहारिक अनुभव र वास्तविक जीवनमा व्यवसाय संचालन गर्ने कार्यहरूमा मार्गदर्शन पनि प्रदान गरिएको आयोजक संस्थाका साहले जानकारी दिए ।

तालिमको समापनसँगै सहभागीहरूले यो तालिमले उनीहरूको व्यवसायिक जीवनमा नयाँ उचाइ ल्याउने विश्वास व्यक्त गरेका छन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *