TodayPati

ब्लड फर नेपालद्वारा काठमाडौंमा रगत सम्बन्धि सम्मेलन सम्पन्न

टुडेपाटी

जनकपुरधाम, साउन १२ गते

ब्लड फर नेपालद्वारा आयोजित दुई दिवसीय रगत सम्बन्धि सम्मेलन काठमाडौंमा सम्पन्न भएको छ। साउन ५ र ६ गते विभिन्न कार्यक्रम र गतिविधिहरूसहित सम्पन्न भएको यस सम्मेलनमा रगतका विषयमा विस्तृत छलफल गरिएको थियो।

Sponsored

सम्मेलनमा, सामुहीक छलफल र प्रस्तुतिकरणमार्फत, रगतका विभिन्न पक्षहरूमा विज्ञहरूले विचार व्यक्त गरे। देशभरिका १०० भन्दा बढी सहभागीलाई पहिलो दिनको कार्यक्रममा समेटिएको थियो, जसमा प्रमुख वक्ता डा. भोला रिजाल लगायतले आफ्नो विचार राखेका थिए। दोस्रो दिनमा थप १०० जनाको सहभागिता रहेको थियो।

कार्यक्रममा ब्लड फर नेपालका आगामी रणनीतिहरूको बारेमा पनि छलफल गरिएको थियो। यस अवसरमा वर्षभरि काम गर्ने सदस्य र टिमलाई सम्मानित गरियो, साथै अतिथिहरुलाई मायाको चिनो प्रदान गरिएको थियो। रक्तदान कार्यक्रम पनि सञ्चालन गरिएको थियो।

सम्मेलनको उद्देश्य देशभरि रगतका बारेमा जनचेतना फैलाउनु थियो। आगामी दिनमा यस्तै कार्यक्रम गर्ने प्रतिबद्धता कार्यक्रम संयोजक अर्चना झाले व्यक्त गरिन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *