TodayPati

‘ब्लड फर नीड’ले मनायो आफ्नो पहिलो वार्षिकोत्सव

टुडेपाटी-
जनकपुरधाम, साउन १० गते ।

ब्लड फर नीडले आफ्नो पहिलो वार्षिकोत्सव मनाएको छ । एकवर्षदेखि रगतको क्षेत्रमा काम गर्दै आएको ब्लडफर नीड संस्थाले जनकपुरको जनकचोकमा दीपप्रज्वलन गरी आफ्नो पहिलो वार्षिकोत्सव मनाएको हो ।

ब्लडफर नीड धनुषाका संयोजक बलराम प्रसाद गुप्ताको अध्यक्षतामा भएको‌ दीप प्रज्वलन कार्यक्रममा सचिव रवि कुमार मण्डल, विशिष्ट अतिथि‌ नेपाल रेडक्रस सोसाइटीका प्राविधिक सहयोगी नरेश यादव, मधेस जनस्वास्थ्य प्रयोगशालाका प्रदेश रक्त सञ्चारका प्राविधिक सहयोगी विरेन्द्र यादव , आवश्यकतामा रगत धनुषा सदस्य सरोज प्रसाद साह, अजय झा, सरताज मल्लिक, निशान्त ओझा, सुनिय यादव, सुवोध राउत‌ लगायत दर्जनौ युवाहरुको सहभागिता थियो ।

Sponsored

”आज अरुलाई भोलि आफ्नालाई” भन्ने मूल नाराका साथ स्थापना गरिएको यो संस्था रगतको क्षेत्रमा योगदान दिँदै आएको छ । रगतको आवश्यक्तामा परेका बिमारीको लागि रगत व्यवस्थापन ,रक्तसंचार केन्द्रमा रगत अभाव भएको बेलामा रक्तदान कार्यक्रम र साथै देशका विभिन्न स्थानहरुमा रहेका स्कुल कलेज तथा विभिन्न स्थान हरुमा रक्तदान सम्बन्धि सचेतना कार्यक्रमहरु गर्दै आएको धनुषा सचिव रवि‌ कुमार मण्डले बताए ।

्र

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *