मधेश प्रदेश लोकसेवा आयोगको अध्यक्षमा शिवराम यादव
टुडेपाटी-
जनकपुरधाम, साउन ११ गते ।
मधेश प्रदेश लोकसेवा आयोगको अध्यक्षमा शिवराम यादव भएका छन् । बिहीबार साँझ मुख्यमन्त्री सतिशकुमार सिंहले उनलाई मधेश लोकसेवा आयोगको अध्यक्षमा सिफारिस गर्न प्रदेश प्रमुख सुभित्रा सुवेदी भण्डारीलाई सिफारिस गरेका हुन् ।
५७ वर्षीय यादव सिरहाको सिरहा नगरपालिका वडा नम्बर १३ गमहरिया निवासी हुन् । मुख्यमन्त्रीले सिफारिस पठाउन ढिलो गरेका कारण उनको नियुक्ति प्रदेश प्रमुखले आज ( शक्रबार) गर्ने तयारी छ । आजै नै उनको शपथग्रहण हुने प्रमुखको कार्यालयले जनाएको छ ।
गत फागुनमा उमेर हदको कारण मधेश प्रदेश लोकसेवा आयोगका तत्कालीन अध्यक्ष सुरेन्द्र प्रसाद यादव पदमुक्त भएपछि सो पद रिक्त थियो ।