TodayPati

धनुषाको बटेश्वरमा अण्डर-18 क्रिकेट प्रतियोगिता सुरु

टुडेपाटी
जनकपुरधाम, साउन १० गते ।

धनुषाको बटेश्वरमा अण्डर एटिन ( अठार वर्ष मूनिको) क्रिकेट प्रतियोगिता सुरु भएको छ । बटेश्वर युथ क्लव बटेश्वर गाउँपालिका–४ को आयोजनामा शिवशक्ति माध्यमिक विद्यालयको खेलमैदानमा प्रतियोगिता सुरु भएको हो ।
बिहीबार एक समारोहबीच खेलको माओवादी केन्द्रका नेता तथा स्थानीय समाजसेवी देवसागर दास र वडा नं. ३ का वडाध्यक्ष राममणि कुशवाहाले संयुक्त रुपमा उदघाटन गरेका हुन् ।

खेलको उद्घाटन गर्दै प्रमुख अतिथि समेत रहेका नेता दासले बटेश्वरमा खेलको विकाससँगै राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा चिनाउने गरी उत्कृष्ट खेलाडी उत्पादन गर्नु पर्ने बताए । त्यसको लागि वडाहरुमा खेलाडी टिम बनाएर निरन्तर अभ्यास तथा बीचमा प्रतियोगिता अवश्यक रहेको उनको भनाइ थियो ।

Sponsored

नेता दासले प्रदेश सरकारको बजेटबाट यसपटक शिवशक्ति माध्यमिक विद्यालयको खोला छेउमा रहेको जग्गामा मैदान बनाउने कार्य यसपटकदेखि सुरु हुने बताए ।
विशिष्ट अतिथि वडाध्यक्ष कुशवाहाले अगामी दिनमा बजेट विनियोजन खेल तथा खेलाडीलाई प्रोत्साहित गर्ने बताए ।

युथ क्लवका अध्यक्ष सन्दीपकुमार कामतको अध्यक्षमा भएको प्रतियोगिताको उदघाटनमा स्थानीयसमेत रहेका पत्रकार शैलेन्द्र महतो क्रान्ति, फुलगेन मगही, मुनलाइट बोर्डिंग स्कुलका प्रिन्सीपल संजय महतो लगायतले खेलको सफलताको शुभकामना दिएका थिए । कार्यक्रममा लवकुश खानेपानी उपभोक्ता समितिका अध्यक्ष रामअशिष महतो, एकीकृत समाजवादीका नेता अशोक महतो, सनसाइन बोर्डिंग स्कुलका संचालक श्रवणकुमार महतो, थानीय युवा मनोजकुमार साह लगायतको सहभागिता थियो भने उदघोषण कलाकार विजय दासले गरेका थिए । मुनलाइट बोर्डिंग स्कुलका विद्यार्थीले उदघाटन बखत नेपालको झण्डा हल्लाएर सोभा बढाएका थिए ।

प्रतियोगिताको पहिलो खेल आयोजक युथ क्लव बटेश्वर र क्षिरेश्वरनाथ नगरपालिकाको दुर्गाटोल क्रिकेट टीमबीच भएको थियो । पहिलो खेलमा बटेश्वर विजयी भएको छ । प्रतियोगितमा १२ वटा टिमले भाग लिने आयोजक युथ क्लवले जनाएको छ ।

Sponsored

खेलको प्रथम उपाधि १२ हजार रुपैयाँ सिल्ड, दोस्रो पुरस्कार ७ हजारसहित सिल्ड र तेस्रो ३ हजार रहेको छ । प्रत्येक छक्कामा सनसाइन बोर्डिंग स्कुल कार्तिकुमारका प्रिन्सिपल श्रवण महतोले दुईसय रुपैयाँ ट्रफि दिने घोषणा गरेका छन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *