TodayPati

आज साउन महिनाको पहिलो सोमबारी, शिवालयहरुमा भक्तजनको भीड

टुडेपाटी-
जनकपुरधाम, साउन ७ गते ।

आज साउन महिनाको पहिलो सोमबार । बिहानैदेखि शिवालयहरुमा पूजाआजा गर्ने भक्तजनको भीड लागेको छ ।

जनकपुरधामको शिव मन्दिर, धनुषाको क्षिरेश्वरनाथ महादेव, बटेश्वरनाथ महादेव, महोत्तरी जलेश्वरको जलेश्वरनाथ महादेव, टुटेश्वरनाथ महादेव लगायत शिवालयहरुमा पूजाअर्चना गर्न बिहानैदेखि भक्तजनका घुइँचो लागेको हो ।

Sponsored

साउन महिना र सोमबार भगवान् शिवको बार भएकाले यस दिनमा शिवजीको पूजा आराधना एवम् दर्शन गर्नाले मनोकामना पूरा हुन्छ भन्ने धार्मिक विश्वासमा रहेको छ ।

साउनबाट नयाँ व्रतालुले पनि साउने सोमबारको व्रत सुरु गर्छन् । साउनको सोमबार व्रत गरेमा मनको इच्छा पूरा भई अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *