TodayPati

सर्लाहीमा धारिलो हतियार प्रहार गरी पूर्व-राज्यमन्त्रीको हत्या

टुडेपाटी
जनकपुरधाम,साउन ७ गते ।

सर्लाहीमा पूर्व राज्यमन्त्री रामचन्द्र रायको धारिलो हतियार प्रहार गरी हत्या भएको छ । चन्द्रनगर गाउँपालिका १ स्थित आफ्नै घरमा गए राति धारिलो हतियार प्रहार गरी उनको हत्या भएको प्रहरीले जनाएको छ ।

सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी दिपक श्रेष्ठका अनुसार अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी उनको हत्या भएको हो । प्रहरीले घटनास्थलको मुचुल्का गरी शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा लगेको छ ।

Sponsored

८० वर्षीया राय राप्रपाबाट ३० वर्षअघि भूमिव्यवस्था राज्यमन्त्री भएका थिए । उनको हत्याको विषयमा अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *