TodayPati

धनुषामा तिव्रगतिको मोटरसाइकलको ठक्करबाट युवकको मृत्यु

टुडेपाटी-
जनकपुरधाम, साउन ८ गते ।

धनुषामा तिव्रगतिको मोटरसाइकलले ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा साईकल चालक शहिदनगर नगरपालिका ४ ननुपट्टीका अब्दुल राईनका १८ वर्षीय छोरा अख्तर राईन छन् ।

सोमबार साँझ धनुषाको महिनाथपुर–बीरेन्द्रबजार सडकखण्डको शहिदनगर नगरपालिका ३ यदुकूहास्थित यदुकूहाबाट हठिपुरतर्फ गइरहेका साईकल यात्री अख्तरलाई तीव्र गतिमा रहेको मधेश प्रदेश ०२–००६ प ८५७५ नम्बरको मोटरसाईकलले पछाडिबाट ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते अख्तरको उपचारको लागि जनकपुर ल्याउँदै गर्दाबाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

Sponsored

मोटरसाइकल चालक शहिदनगर नगरपालिका ३ यदुकूहाका १९ वर्षीय असरफ आलम गम्भीर घाइते भएका छन् । मृतक अख्तरको शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *