TodayPati

सिरहामा सर्पले टोक्दा एक महिलाको मृत्यु

टुडेपाटी-
जनकपुरधाम, असार २९ गते ।

सिरहामा सर्पले टोक्दा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाहीको पर्सा गाउँपालिका सङ्ग्रामपुर घर भई सिरहाको गोलबजार नगरपालिका–८ चोहर्वा बस्दै आएकी ३० वर्षीया रोशिना खातुन छन् ।

उनलाई शुक्रबार चुलोबाट खरानी निकाल्ने क्रममा सर्पले डसेको हो । उनको उपचारका क्रममा कर्जन्हास्थित फूलकुमारी महतो मेमोरियल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

Sponsored

उनलाई चोहर्वा सैनिक गण परिसरमा रहेको जयकाली सर्पदंश उपचार केन्द्रमा पु¥याइए पनि त्यहाँ उपचार सम्भव नभएपछि कर्जन्हा अस्पताल लगिएको थियो । तर त्यहाँ उनको मृत्यु भएको हो ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *