TodayPati

त्रिशूली नदीमा बेपत्ता बस र यात्रुहरु फेला परेनन्, वाटर ड्रोन मार्फत खोजी सुरु

टुडेपाटी-
जनकपुरधाम, असार २९ गते ।

शुक्रबार बिहान त्रिशूली नदीमा खसेर बेपत्ता भएका दुई यात्रुवाहक बस र यात्रुहरु अहिलेसम्म फेला पर्न सकेको छैन । हिजो बिहानदेखि रातिसम्म खोजेपनि फेला पर्न नसकेको हो । आज बिहानदेखि प्रहरीले वाटर ड्रोन मार्फत खोजी कार्य सुरु गरेको छ ।

पानीभित्र प्रयोग गरी खोज्न सकिने सोनार क्यामरा वाटर ड्रोन र पाइपलाइन इन्सपेक्सन सिस्टम सहित खोजीकार्य सुरु गरेको हो । ¥याफ्टबोटमा जडान गरेर पानीभित्रको वस्तुहरु हेर्न सोनार क्यामराले सहयोग पु¥याउने प्रहरीले जनाएको छ ।

Sponsored

सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट ९ जना गोताखोर सहित २५ जना र नं. १७ गण चितवनबाट ११ जना विपद् व्यवस्थापन तालिम प्राप्त सहित ३५ जनाको सुरक्षा फौज उनीहरुको खोजीकार्यमा परिचालित भएको छ । साथै नेपाली सेना र नेपाल प्रहरी समेत परिचालित रहेका छन् ।

वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको डिलक्स र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–०११ ख २५९५ नम्बरको बस भरतपुर महानगरपालिका–२९ सिमलतालमा असार २८ गते बिहान नारायणी नदीमा खसेका थिए । तर, अहिलेसम्म बस र यात्रु कोही फेला पर्न सकेका छैनन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *