TodayPati

रौतहटमा जन्ती बोकेको जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु

टुडेपाटी-
जनकपुरधाम, असार २८ गते ।

रौतहटमा जन्ती बोकेको जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । रौतहटको देवाही गोनाही नगरपालिका धरहरीबाट जन्ती बोकर सर्लाहीको चक्रघटा फर्किने क्रममा गढीमाई नगरपालिका ६ मा भारतीय नम्बर एचचार ७० डी ८३८२ को स्कारपीयो जिप दुर्घटना भएको हो ।

दुर्घटनामा मृत्यु हुनेमा काठमाण्डौंका ५५ वर्षीय कुलबहादुर श्रेष्ठ र सर्लाही चक्रघटा ३ सुन्दरपुरकी ७ वर्षीया बालिका स्वेता पण्डित छन् ।

Sponsored

१२ जना सबार सो जीप शुक्रबार बिहान ९ बजे गढीमाई नगरपालिका ६ को सिंगारमन धर्मपुर सडकखण्डको धनहरी गाँउमा नहरबाट तल पानीमा खसेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

दुर्घटना पश्चात ३ जनालाई अस्पताल लगिएको र अन्य सकुशल रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *