TodayPati

काठमाडौंबाट गौर र वीरगञ्जबाट काठमाडौं जाँदै गरेको २ बस त्रिशूलीमा खस्यो, ६५ यात्रु बेपत्ता

टुडेपाटी-
जनकपुरधाम, असार २८ गते ।

काठमाडौंबाट गौर र वीरगञ्जबाट काठमाडौं जाँदै गरेको दुईवटा बस त्रिशूली नदीमा खस्दा ६५ यात्रु बेपत्ता भएका छन् । नारायणगढ–मुग्लिन सडकको भरतपुर महानगरपालिका २९ सिमताल भन्ने स्थानमा बिहान साढे ३ बजेतिर लेदोसहितको पहिरो पर्दा दुबै बस त्रिशूली नदीमा खसेको हो । दुबै बसमा चालकसहित करिब ६५ यात्रु रहेको प्रहरीले जनाएको छ ।

चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार वीरगञ्जबाट काठमाडौंतर्फ गइरहेको बागमती प्रदेश १५१६ नम्बरको एन्जल डिलक्स लेखेको बस र काठमाडौंबाट गौरतर्फ आउँदै गरेको बागमती प्रदेश ०३,००१ ख २४९५ नम्बरको गणपति डिलक्स बस खसेको हो ।

Sponsored

गौर आउँदै गरेको बसमा ४१ र काठमाडौं जाँदै गरेको बसमा २४ जना यात्रु सबार रहेको अनुमान छ । यद्यपि यात्रुहरुको एकिन विवरण भने थाहा हुन सकेको छैन ।

त्रिशूलीले बसलाई बगाएर घटनास्थलभन्दा केही तल पाखा लगाएको छ ।

खसेका दुबै बसको यात्रुको उद्धार तथा खोजी कार्यका लागि घटनास्थलमा अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरेर सयौँ सुरक्षाकर्मी खटिएका छन् ।

Sponsored

‘दुबै बसमा गरेर झण्डै ६५ जना यात्रु सवार रहेको अनुमान हामीले गरेका छौँ,’ चितवनका प्रहरी प्रवक्ता डिएसपी भेषराज रिजालले भने, ‘एउटा बसमा ४१ जना र अर्को बसमा २४ जना रहेका प्रारम्भिक जानकारी आएको छ।’

गौर आउँदै गरेको बसको झ्यालबाट भने तीन यात्रुले हाम फालेर ज्यान जोगाउन सफल भएका छन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *