सर्लाहीमा कोरोना पुष्टि भएका युवाहरु हरिवन र बागमतीका, कहाँबाट सर्यो ?
टुडेपाटी-
सर्लाही, जेठ ६ गते ।
सर्लाहीमा थप दुइ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
मंगलवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेका संक्रमितमध्ये सर्लाहीको बागमती नगरपालिका ९ निवासी ३४ वर्षीय पुरुष र अर्का उदयपुर जिल्ला घर भई हाल हरिवन नगरपालिका ९ नयाँरोड डेरा गरी बस्ने ३१ वर्षे पुरुष रहेका छन् ।
ती दुवैजनाले काठमाडौंस्थित टेकु अस्पतालमै गएर स्वाब दिएका थिए। संक्रमित उनीहरुको ट्राभल हिस्ट्री बुझ्ने काम भइरहेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले बताए।
बागमती ९ का संक्रमित पुरुष पाँच दिनअघि बिरामी ठूलीआमालाई लिएर उपचारका गराउन काठमाडौं थिए। उनीसँगै उनका भाइ पनि रहेका बागमती नगरपालिका ९ का वडाध्यक्ष रामबावु दासले बताए।
Sponsored