टुडेपाटी-
विराटनगर, जेठ ६ गते ।
विराटनगरस्थित कोशी अस्पतालमा उपचाररत झापाका एक जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् । मंगलबार निको भएर डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
Sponsored
उनी २७औं दिनमा डिस्चार्ज भएका हुन् । यो सँगै नेपालमा संक्रमित भएर निको हुनेको संख्या ३७ पुगेको छ ।