TodayPati

नेपालमा कोरोना संक्रमणको आशंका लागेमा पैसा तिरेर परिक्षण गराउन पाउने

टुडेपाटी-
काठमाडौँ, जेठ ६ गते ।

अब नेपालका कुनैपनि व्यक्ति पैसा तिरेर कोरोना संक्रमण परिक्षण गराउन पाउने भएको छ ।

सरकारले स्वेच्छिकरुपमा कोरोना परीक्षण गर्न सक्ने व्यवस्था गरेको छ।

Sponsored

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाका अनुसार तोकिएका सार्वजनिक स्वास्थ्य संस्था मार्फत शूल्क तिरेर परीक्षण गराउन सकिने छ।

तोकिएको मापदण्ड र गोपनीयता कायम गर्दै तोकिएका सार्वजनिक स्वास्थ्य संस्था मार्फत कोरोना परीक्षण गराउन सकिने उनले बताए। यसले पीसीआर विधिबाट गरिने परीक्षण बढ्ने अपेक्षा गरिएको उनले बताए।

शूल्क भने संवन्धित स्वास्थ्य संस्थाले आफ्नो मापदण्ड अनुसार तोक्ने छन्।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *