TodayPati

धनुषा लिग फुटबलको उपाधि धारापानीले जित्यो

टुडेपाटी-
जनकपुरधाम, असार ४ गते ।

धनुषा जिल्ला ए डिभिजन लिग फुटबलको उपाधि यज्ञभुमि युवा समाज धारापानीले जितेको छ । जनकपुरधाम स्थित कर्भडहल फुटबल मैदानमा मंगलबार भएको फाइनल खेलमा बेंगाडारलाई ०–१ गोल अन्तरले पराजित गर्दै यज्ञभुमि युवा समाज धारापानी विजयी भएको हो ।

मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले ए डिभिजन जिल्ला लिग उपाधि जितेका धारापानीलाई नगद ५१ हजार र कप र मेडल प्रदान गरेका छन् ।

Sponsored

प्रतियोगिताको दोश्रो स्थानमा चित बुझाएका बेंगाडाबरलाई नगद ४१ हजार, कप र मेडल प्रदान गरिएको जिल्ला फुटबल संघ धनुषाका सदस्य तपेश्वर राउतले बताए । खेलामा उत्कृष्ट गरेका ५ विद्याका खेलाडीलाई नगद ३ हजार १ सय, मेडल र कप प्रदान गरिएको राउतले बताए ।

जिल्ल फुटबल संघको आयोजना जेठ १२ गते देखि भएको खेलमा ए डिभिजनका १० टिम प्रतिस्पर्धा गरेका थिए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *