TodayPati

जलेश्वरमा बालविवाह न्यूनीकरण सम्बन्धि सडक नाटक प्रदर्शन


टुडेपाटी-
जनकपुरधाम, जेठ ३१ गते ।

महोत्तरीको जलेश्वर नगरपालिका ७ बेलामा बालविवाह न्यूनीकरण सम्बन्धि सडक नाटक प्रदर्शन गरिएको छ ।

रतौली युवा क्लब यूएसएआईडी, सेभ द चिल्ड्रेनको साझेदारीमा संचालित ग्रासरुट एक्सन टु इण्ड सीईएफएम प्रोजेक्ट अन्तर्गत वडा स्तरिय बाल अधिकार समितिको अगुवाइमा तथा ज्योति बाल क्लबको आयोजनामा बाल विवाह न्युनिकरण सम्बन्धी सडक नाटक प्रदर्शन गरिएको हो ।

Sponsored

स्थानीय कलाकारहरुले प्रदर्शन गरेको उक्त संदेशमूलक सडक नाटक हेर्न स्थानीय झुम्मिएका थिए। सडक नाटक प्रदर्शनमा विद्यार्थी , बुद्धिजीवी, सरोकारवालाहरु, अभिभावक, शिक्षक लगायतको सहभागीता थियो ।
अशिक्षा चेतना अभावको कारण समाजमा हुने बालविवाहको कारण स्वास्थ्य, घरपरिवार तथा समाजमा पर्ने असर न्यूनीकरण गर्ने उदेश्यले सडक नाटक प्रदर्शन गरिएको आयोजक संस्थाले जनाएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *