TodayPati

धनुषाबाट श्रीमानले गरे श्रीमती बेपत्ता, हत्या गरेर लास लुकाएको आशंका

टुडेपाटी-
जनकपुरधाम, जेठ ३१ गते ।

धनुषाको महेन्द्रनगरबाट एक महिला ६ दिनदेखि बेपत्ता भएका छन् । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका- ५ सखुवा महेन्द्रनगरकी २८ वर्षीया रुवी यादव बेपत्ता भएकी हुन् ।
उनको हत्या गरेर शव लुकाइएको हुन सक्ने आशंका छ ।

रुवीकी श्रीमान राजु यादव केही महिनाअघि वैदेशिक रोजगारबाट फर्केपछि घरमा बिबाद हुने गरेको थियो । परस्त्रीसंग राजुको हिमचिम हुँदा बिबाद सुरु भएको माइत पक्षको भनाइ छ ।

Sponsored


रुवीका भाई महोत्तरीको बर्दिबास नगरपालिका ९ का अनित यादवका अनुसार बिबादको क्रममा राजुले रुवीलाई कुटपिट तथा यातना दिने गरेका थिए। बेपत्ता हुनु पाँचदिन अघि निर्घात कुटपिट गरेपछि इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरमा छलफल भएको थियो ।

गत शुक्रबार रातिदेखि रुवी बेपत्ता छन् । उनका ६ वर्षीय छोरा अस्मित यादवका शुक्रबार राति खाना खाएर बुबाआमा संगै सुतेका थिए । राति बिबाद भएको थियो ।
शनिबार बिहान उठेपछि आमा घरमा थिइनन् । सोनुलाई बुबा राजुले आमा अन्त गएको भन्दै आफै खाना पकाएर, खुवाएर स्कुल पठाएका थिए । अस्मित महेन्द्रनगरकै प्रगति शिशुसदनमा नर्सरी कक्षामा पढ्छन् ।

त्यस राति छोरा सोनु आमाको मुखबाट हल्का घाँटी थिचेपछि जस्तो घघियाएको जस्तो आवाज सुनेको आफन्तलाई बताएका छन् ।
यसकारण राजुले श्रीमती रुवीको हत्या गरेको हुन सक्ने माइत पक्षको आशंका छ । इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरमा माइतपक्षले रुवी बेपत्ता भएकोले खोजबिनका लागि निवेदन दिएको छ । भाई अनितले निवेदन दिएका हुन् ।
बुधबारसम्म राजु सम्पर्कमै थिए । प्रहरीले उनलाई बोलाएर ल्याउन भनेपछि रुवीका भाई अनित इलाकामा लगेका थिए । त्यहाँबाट उनी बेपत्ता भएको अनितको भनाइ छ ।

Sponsored

त्यसले घटना थप शंकास्पद बनेको छ । इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरले रुवीको खोजबिनको लागि सर्च अप्रेसन चलाएको छ ।
प्रहरी निरीक्षक सोनु साहले बेपत्ताको निवेदन आएपछि घरसहित विभिन्न स्थानमा खोजतलास गरेको र क्रम जारी रहेको बताए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *