TodayPati

जनकपुरमा बुधबार झिझिया महोत्सव हुने

टुडेपाटी-
जनकपुरधाम, असोज २१ ग्ते ।

विजया दशमीको अवसरमा जनकपुरधाममा यस वर्ष पनि लोकनृत्य झिझिया महोत्सव हुने भएको छ । नव मिथिला फाउण्डेशनको आयोजनामा अगामी बुधबार झिझिया हुन लागेको हो ।

नव मिथिला फाउन्डेसनले आज पत्रकार सम्मेलन गरी मिथिलाको लोक संस्कृति, लोक गायन र धार्मिक परम्परालाई संरक्षण गर्ने उद्देश्यले दोस्रो पटक झिझिया महोत्सव आयोजन गर्न लागेको जनाएको छ ।

Sponsored

फाउन्डेसनका अध्यक्ष अमित कुमारले गाउँगाउँबाट झिझिया टोली सँगै दुइ स्थानीय विद्यालयका छात्राहरुको टोलि झिझिया महोत्सवमा भाग लिने बताए । गतवर्ष झै यसपटक पनि पाँचसय जना टाउकोमा घैँटा राखेर झिझिया नाच्ने उनको भनाइ छ ।

जनकपुरस्थित रेल्वे स्टेसनको प्राङ्गणमा हुने महोत्सवमा धनुषाधाम समूह, अप्पन मिथिला झिझिया समूह जनकपुरधाम वडा नम्बर ४, जनकपुरधाम वडा नम्बर १२, मिथिलेश्वर झिझिया समूह, हिमाली बोर्डिंग स्कुल र जनकपुर एकेडमी स्कुल लगायतको झिझिया समुहले महोत्सवमा भाग लिने फाउण्डेशनका उपाध्यक्ष आदित्य नेपालले जानकारी दिए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *