TodayPati

बडा दशैंको छैटौं दिन आज स्कन्दमाताको पूजा गरिँदै

टुडेपाटी-
जनकपुरधाम, असोज २२ गते ।

नवरात्रको छैटौँ दिन आज पाँचौँ देवी स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ। शास्त्रअनुसार, सनत्कुमारको नाम स्कन्द भएकाले पार्वतीलाई स्कन्दमाता भनेर पुकारिन्छ। नवरात्रभरि घटस्थापनाको स्थलमा दुर्गा सप्तशती, श्रीमद्देवी भागवतजस्ता स्तोत्रहरूको पाठ गरिन्छ, जसले शक्ति, ऐश्वर्य र विद्या प्रदान गर्ने विश्वास छ ।

आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म वैदिक सनातन धर्मावलम्बीहरू दुर्गा देवीको विशेष आराधना गर्छन्। दसैँको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म लगाइन्छ। यसरी, नेपालीहरूले १५ दिनसम्म बडादसैँ मनाउँछन् ।

Sponsored

नवरात्रको पहिलो दिन शैलपुत्रीको, दोस्रो दिन ब्रह्मचारिणीको, तेस्रो दिन चन्द्रघण्टाको, चौथो र पाँचौँ दिन कुष्माण्डा देवीको पूजा सम्पन्न भएको थियो । आज छैटौँ दिन स्कन्दमाताको पूजा भइरहेको छ ।

दसैँको पहिलो दिनदेखि नवौँ दिनसम्म नौ देवीहरूको पूजा गर्ने प्रचलन छ, जसलाई नवदुर्गा भनिन्छ। यस अवसरमा देशभरका शक्तिपीठमा भक्तजनको ठूलो भीड लाग्छ, जहाँ पूजा, दर्शन र आराधनाले पारिवारिक सुख र शान्ति प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *