TodayPati

कर्णको पहलमा सय परिवारलाई कपडा तथा खाद्यान्न वितरण

जनकपुरधाम, माघ २६ गते ।

कामाख्या परिवार नेपालले जनकपुरधाम उपमहानगरपालिका १४ मा दलित, एकल महिला तथा अति विपन्न परिवारलाई कपडा तथा खाद्यान्न सामग्री वितरण गरेको छ ।

सामाजिक अभियन्ता सुमित कर्णको पहलमा झण्डै एक सय परिवारलाई कम्बल, साडी र खाद्यान्न वितरण गरिएको हो ।

Sponsored

शनिवार एक कार्यक्रबिच कामाख्या परिवार नेपालका अध्यक्ष विभाष लाभको प्रमुख आतिथ्य तथा अभियन्ता कर्णको विशिष्ट आतिथ्यमा उक्त सामग्रीहरु वितरण गरिएको छ । कार्यक्रममा वडाध्यक्ष पुन्यप्रताप यादव, प्रहरी, विभिन्न संघ संस्थाका प्रतिनिधि, वुद्धिजिवी लगायतको उपस्थिति रहेको थियो ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *