TodayPati

रौतहटमा हवाई फायरबाट तस्कर पक्राउ

टुडेपाटी-
रौतहट, माघ २६ गते ।

रौतहट प्रहरीले हवाई फायर गरेर एक भारतीय तस्करलाई नियन्त्रणमा लिएको छ । उनको बयानको आधारमा ठूलो परिमाणमा केराउ बरामद गरिएको हो ।

विशेष सुराकीको आधारमा सिमावर्ती मठिया नाकाबाट शनिबार राति प्रहरीले यो सफलता हासिल गरेको रौतहट प्रहरीले जनाएको छ ।

Sponsored

जिल्ला प्रहरी कार्यालय गौर र प्रदेश २ को संयुक्त टोलीले तस्करीको माध्यमबाट भारततर्फ लैजान लागिएको ७० बोरा केराउ बरामद गरेको र तस्करीमा संलग्न एक जनालाई पक्राउ गरिएको रौतहटका प्रहरी उपरीक्षक रवीराज खडकाले जानकारी दिए ।

प्रहरीका अनुसार शनिबार राति १२ बजेको समयमा मठिया गाउँ नजिकै करिब १५ जनाको संख्यामा भारतीय तस्कर जम्मा भएका थिए ।

प्रहरीको गस्ती टोलीलाई देखेर तस्करहरु भारततर्फ भाग्न लागेका थिए । सो क्रममा प्रहरी टोलीले चार राउण्ड हवाई फायर गरेर तस्करलाई नियन्त्रणमा लिने प्रयास गरे पनि तस्कर समूहमा रहेका भारत, बिहार राज्यको पूर्वी चम्पारण कुण्डवा चैनपुर घरभएका १८ वर्षीय सचिन गोसाइँलाई पक्राउ गरिएको र अन्य तस्कर भाग्न सफल भएको एसपी खडकाले बताए ।

Sponsored

पक्राउ परेका गोसाइँको बयानको आधारमा भारतीय तस्करहरुले एकजना स्थानीयको घरमा भण्डारण गरेको ७० बोरा केराउ प्रहरी टोलीले बरामद गरेको हो ।

बरामद ३० क्वीन्टल केराउको भारतीय बजार मूल्य तीन लाख रुपैयाँभन्दा बढी रहेको प्रहरीको अनुमान छ ।

रौतहटको ईशनाथ नगरपालिका ४ मठिया गाँउ छेउहुँदै स्थानिय प्रहरीको मिलोमतोमा दैनिक ठुलो परिमाणमा तस्करी हुनेगरेको स्थानियको सुचनाको आधारमा प्रदेश २ का प्रहरी प्रमुख डिआईजी प्रधुमन कार्कीको निर्देशनमा जिल्ला प्रहरी कार्यालय गौरबाट विषेश टोली परिचालन गरेको थियो।

पक्राउ परेका तस्कर गाँसाईको बयानको आधारमा तस्करीमा संलग्न अन्य तस्करको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *