TodayPati

सेना जवानको सनक : अन्धाधुन्द गोली प्रहार गरी २५ जनाको हत्या गरेर फेसबुकमा लाइभ

एजेन्सी

थाइल्याण्डमा एक सैनिक जवानले नरसंहार मच्चाएका छन् । सन्की स्वाभावका उनले थाइल्याण्डमा २५ जनाको हत्या गरेका छन् । अन्धाधुन्द गोली प्रहारबाट ३१ जना गम्भीर घाइते भएका छन् । शनिबार थाइल्याण्डको एक शहरमा मानिसहरु किनमेल गर्न सपिङ महलमा व्यस्त रहेको बेला यो घटना भएको हो ।

Sponsored

जब एक सैनिक जवानले सैनिक क्याम्पमा आफ्ना कमाण्डर र एक महिलालाई गोली हानी मारेर एम–६० हतियारका साथ सपिङ सेन्टर भित्र छिरे किनमेलमा व्यस्त नागरिकको भाग दौड मच्चियो। ती सैनिक जवानले ४८ वर्षीय कर्णेललाई गोली हानेका थिए भने एक ६३ वर्षीया महिलाको हत्या गरिसकेका थिए।  जब ती सैनिक जवान सपिङ सेन्टरमा पसे‚ उनले त्यहाँ पनि खाना खाइरहेका मानिसमामाथि गोली हाने। ग्यास सिलिण्डरमा गोली चलाए।

सामान बेचिरहेकामाथि पनि गोली दागे। उनको यो हर्कतले अहिलेसम्ममा २५ जनाले ज्यान गुमाइसकेका छन्। घटना भएको ठाउँमा प्रहरी आइपुग्यो‚ उनी त्यहीबाट अलप भई फेसबुमा लाइभ गर्न पनि भ्याए। उनलाई आत्मसमर्पण गराउन थाई प्रहरीले उनकी आमासँग पनि कुरा गरे।   थाइल्याण्डको राजधानी बैंककदेखि  २५० किलोमिटर टाढा प्रान्त नाखोन रत्चासिमामा भएको घटनामा थाई प्रधानमन्त्री प्युट चान घटनास्थल पुगेका छन्। थाइ प्रहरीले ती सैनिकलाई १८ घण्टापछि गोली हानी सपिङ मलभित्रै मारेका छन्।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *