TodayPati

स्रोत नखुलेको १ करोड रुपैयाँसहित १ जना पक्राउ

टुडेपाटी-
जनकपुरधाम, जेठ २० गते ।

सुनसरीबाट स्रोत नखुलेको १ करोड रुपैयाँसहित १ जना पक्राउ परेका छन् ।

पक्राउन पर्नेमा हरिनगर गाँउपालिका५ बस्ने अन्दाजी वर्षीय ३७ ईसा अन्सारी रहेको सशस्त्र प्रहरीले जनाएको छ ।

Sponsored

घुस्की नाकाबाट हरिनगरतर्फ जाँदै गरेको बा १६ च ७६१३ नम्बरको कारलाई शंका लागेर चेकजाँच गर्दा बोरामा लुकाइछिपाइ राखेको रकम बरामद भएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

बरामद भएको रकममा १ हजार दरको नोट ९ हजार ७ सय थान (९७ लाख) र ५ सय दरको ८ सय थान (४ लाख( रहेको छ ।

डीएसपी थापका अनुसार प्रारम्भिक सोधपुछमा अन्सारीले रकमको स्रोत खुलाउन सकेका छैनन् । उनीमाथि थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *