TodayPati

सहिदनगरका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत चौधरीसहित तीनजनामाथि भ्रष्टाचार मुद्दा दायर

टुडेपाटी-
जनकपुरधाम, जेठ २० गते ।

धनुषाको सहिदनगर नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सावन चौधरीसहित तीनजनामाथि भ्रष्टाचारविरुद्ध मुद्दा दायर भएको छ । नक्कली योजना र ठेकेदार खडा गरी सरकारी रकमको हानीनोक्सानी गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चौधरीसहित तीनजनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

विद्यालयमा पर्खाल बनाउने नक्कली योजना बनाएर र नक्कली ठेकेदार कम्पनी खडा गरी २ लाख ७५ हजार रुपैयाँ राज्यकोशको दुरुपयोग गरेको आरोपमा अख्तियारले चौधरीसहित, रमेशकुमार चौधरी र गुरुदेव यादवविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

Sponsored

रुफ कन्सल्टेन्सी एण्ड कन्स्ट्रक्सन कम्पनीको नक्कली लेटरप्याड प्रयोग गरी प्रबन्धकको नक्कली हस्ताक्षर प्रयोग गरी उक्त कम्पनीको अधिकारप्राप्त व्यक्ति इन्जिनियर रमेशकुमार चौधरी बनेका थिए । त्यसपछि विद्यालयको पर्खाल लगाउने काम सकिएपछि भुक्तानी गर्ने क्रममा २ लाख ७५ हजार रुपैयाँ घुस लेनदेन गरेको अख्तियारको आरोप छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *