TodayPati

संकटमा मधेशका मुख्यमन्त्री यादव, नयाँ सरकारको लागि बहुमतसहित अघि बढ्ने दलहरुको तयारी

टुडेपाटी
जनकपुरधाम, जेठ २० गते ।

मधेशमा जसपा नेतृत्वको सरकार अल्पमतमा परेपछि नयाँ सरकार गठनका लागि नेकपा एमालेसहितका दलहरुले प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाउने तयारी गरेका छन् ।

बहुमत सांसदको हस्ताक्षरसहित एमाले, नेकपा माओवादी केन्द्र, जनमत, नेकपा एकीकृत समाजवादीसहितका दलले प्रदेश प्रमुख सुमित्रा भण्डारीलाई आज दिउँसो ध्यानाकर्षण पत्र बुझाउ तयारी भएको एक सांसदले बताए ।

Sponsored

गत जेठ १७ गते एमाले, नेकपा माओवादी केन्द्र र जनमतले नयाँ सरकार बनाउने सहमति गरेको थियो । अब जनमतको नेतृत्वमा सरकार गठन गर्ने ती दलहरुको तयारी छ । एकीकृत समाजवादी समेत सकरात्मक भएपछि तीनदल नयाँ सरका गठनको लागि अघि बढेको एक सांसदले बताए ।

त्यसमा लोसपा र अन्य १–१ सिटको दलहरुसहितको बहुमत पेश गर्ने तयारी भएको श्रोतको दावी छ । यधपी लोसपाले अहिलेसम्म अलमलमै छन् । लोसपा नमिलेपनि एकीकृत समाजवादीको सहभागिताले सरकार बन्ने निश्चिित जस्तै छ ।

१०७ सदस्य मधेश प्रदेश सभामा सभामुख बाहेक २४, जनमत पार्टीको १३, माओवादी केन्द्रको ९ र एकीकृत समाजवादीका ७ सांसद छन् । यो संख्या ५३ पुग्छ । १–१ सिट भएको नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टी मध्ये एउटालाई पनि मात्र जोडेपनि सरकारको लागि आवश्क पर्ने बहुमत संख्या ५४ पुग्छ ।

Sponsored

३० वैशाखमा नेकपा एमाले र माओवादी केन्द्रले मधेश सरकारबाट समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री सरोजकुमार यादव अल्पमतमा छन् । उनले अगामी जेठ २३ गते विश्वासको मत लिने तयारीमा छन् ।

प्रदेश प्रमुखलाई बहुमत सहित प्रदेश सांसदको हस्ताक्षर बुझाए मुख्यमन्त्री नैतिकताको आधारमा राजिनामा दिएर नयाँ सरकार गठनको लागि बाटो सहज गरिदिने ती दलहरुलाई विश्वास छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *