TodayPati

धनुषाबाट २ युवक पेस्तोल र गोलीसहित प्रहरीको फन्दामा

टुडेपाटी-
जनकपुरधाम, जेठ ५ गते ।

धनुषाको शहीदनगरबाट दुई युवक पेस्तोल सहित प्रहरीको फन्दामा परेका छन् ।
पक्राउ पर्नेमा धनुषाको कमला नगरपालिका ८ हरिने बस्ने १८ वर्षीय अक्षय पासवान र सोही ठाउँ बस्ने २० वर्षीय सुनिलकुमार साह रहेका प्रदेश २ प्रहरी कार्यालयले जनाएको छ ।

विशेष सूचनाका आधारमा शहीदनगर नगरपालिका–३ झण्डा चोकबाट सादा पोशाकमा खटिएका प्रहरी टोलीले ज १२ प ५१६५ नम्बरको मोटरसाइकल रोकी चेकजाँच गर्दा एकथान पेस्तोल र त्यसमा प्रयोग हने तीनवटा गोली बरामद भएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक जयराज सापकोटाले जानकारी दिए ।

Sponsored

पक्राउ परेका दुवैलाई जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा राखी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *