TodayPati

विश्वभर साढे १८ लाख कोरोना संक्रमित उपचारपछि निको

टुडेपाटी-
जनकपुरधाम, जेठ ५ गते ।

विश्वमा साढे १८ लाख भन्दा बढी कोरोना संक्रमित निको भएका छन् । हालसम्म १८ लाख ५५ हजार भन्दा धेरै संक्रमित निको भएका छन् ।
अहिलेसम्म ४८ लाख भन्दा बढी मानिस कोरोना संक्रमित रहेकोमा ३ लाख १६ हजार ५ सय १४ जनाको मृत्यु भइसकेको छ ।

सबैभन्दा धेरै सङ्क्रमित देश अमेरिकामा ३ लाख ४६ हजार भन्दा धेरै निको भएका छन् भने त्यहाँ १५ लाख २७ हजार भन्दा धेरैमा सङ्क्रमण देखिएको छ । अमेरिकामा कोरोनाका कारण झण्डै ९१ हजार जनाको ज्यान गएको छ ।

Sponsored

यस्तै रुसमा ६७ हजार ३ सय ७३ जनाको निको भएका छन् भने २ लाख ८१ हजार ७ सय ५२ जना सङ्क्रमित भएका छन् भने ६७ हजार ३ सय ७३ जना निको भएका छन् । रुसमा २ हजार ६ सय ३१ जनाको ज्यान गएको छ ।

यस्तै सबैभन्दा धेरै सङ्क्रमित देशको तेस्रो नम्बरमा रहेको स्पेनमा दुई लाख ७७ हजार भन्दा धेरै सङ्क्रमित छन् भने २७ हजार भन्दा धेरैले ज्यान गुमाएका छन् । त्यहाँ १९ हजार भन्दा धेरै उपचार पछि घर फर्किएका छन् ।

यस्तै बेलायतमा २ लाख ४३ हजार ६ सय ९५ जनामा सङ्क्रमण भएको छ भने ३४ हजार ६ सय ३६ जनाको ज्यान गएको छ । यस्तै कोरोनाको इपिसेन्टर बन्दै गएको ब्राजिलमा २ लाख ४१ हजार भन्दा धेरै सङ्क्रमित छन् भने १६ हजार जनाको ज्यान गएको छ । त्यहाँ ९४ हजार भन्दा धेरै उपचार पछि निको भएका छन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *