TodayPati

जनकपुरबाट बस चोरी

टुडेपाटी-
जनपुरधाम, पुस २४ गते ।

जनकपुरधामको बस स्टेण्डबाट बस चोरी भएको छ । जिरोमाइल स्थित बस स्टेण्डबाट ना ४ ख २३२७ नवदुर्गा ट्राभल्स चोरी भएको हो ।

धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाका अनुसार जनकपुरदेखि महोत्तरीको भिठामोडसम्म चल्ने यो बस हिजो बस पार्कमा पार्किंग गरी राखिएको थियो ।

Sponsored

महोत्तरीको पिपरा गाउँपालिका ३ बस्ने कालिन्द्र मिश्राको रहेको सो बस मंगलबार अपराहन्न ४ बजे नदेखेपछि प्रहरीमा खबर गरेको थियो ।
अन्यत्र जिल्लामा सो एक बेवारिसे बस रहेको जानकारी आएको र बुझ्ने प्रयास गरिरहेको डिएसपी अवाले बताए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *