TodayPati

सिरहामा मिटरब्याजीले हत्याएको घरमा पस्न खोज्दा पीडितमाथि कुटपिटसंगै खुकुरी प्रहारको प्रयास

टुडेपाटी-
जकपुरधाम, पुस २४ गते ।

सिरहामा एक मिटरब्याज पीडितमाथि कुटपिटसंगै खुकुरी प्रहारको प्रयास भएको छ । सिरहाको कल्याणपुर नगरपालिका–८, अरङका संजयकुमार कामतीमाथि स्थानीय रामनारायण सिंहसहितकाले कुटपिट र खुकुरी प्रहारको प्रयास गरेका हुन् ।

मिरब्याजीले कब्जा गरी अरूसँग बेचिसकेको घरमा सोमबार दिउँसो ३ बजे संजय पस्न खोजेपछि घरजग्गा किनेका स्थानका रामनारायण सिंह र उनका छोरा शैलेन्द्र सिंह र भाई नितेश सिंहले कुटपिटसंगै खुकुरी प्रहारको प्रयास गरेका छन् ।

Sponsored

घटनाबारे प्रहरीलाई जानकारी गराएपनि अहिलेसम्म प्रहरीले उनीहरूलाई पक्राउ गरेको छैन । सिरहाका प्रहरी प्रवक्ता डीएसपी रवीन्द्रराज पाण्डेले दुबै पक्षलाई छलफलको लागि बोलाइएको बताए ।

संजयले २०७३ सालमा कल्याणपुर–८, मझाउका लेखापढी व्यवसायी सुरेश पंजियारसँग ३ लाख रुपैयाँ ऋण लिएका थिए । त्यसबापत पंजियारले कामतीसँग ४ लाख ८० हजार र ७ लाख ५० हजार गरी १२ लाख ३० हजारको दुई वटा तमसुक बनाए ।

आर्थिक रुपले विपन्न कामतीले ऋण तीर्न पैसा जोहो गरिरहेकै बेला पंजियारले अदालतबाट २०७८ सालमा १ बिघा एक कठ्ठा खेत, १ कठ्ठा ६ धुर घडेरी र एउटा घर गरी डेढ करोड बराबरको सम्पत्ति डाक लिलाम गराएका थिए ।

Sponsored

त्यसमध्ये सिंहले १० कठा खेत, १६ धुर घडेरी र घर साहु पंजियारसँग कौडीको भाउमा किनेका थिए । सोही विषयमा पीडित संजयले जिल्ला प्रशासन कार्यालय सिरहामा उजुरी दिएका छन् । तर, सुनुवाइ नभएपछि उनी बाध्य भएर आज आफै घर फिर्ता लिन त्यहाँ पुगेका थिए । रामनारायण पनि गाउँघरमा मिटरब्याजी ऋण लगानी गर्ने गरेको संजयले बताए । पैसा तिरेपनि आफ्नो पनि कपाली तमसुक फिर्ता नगर्दा उनले जिल्ला प्रशासन कार्यालय सिरहामा रामनारायणमाथि संजयले उजुरी दर्ता गराएका छन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *