TodayPati

सिरहामा मिटरब्याज पीडितमाथि खुकुरी तेर्साउने पक्राउ

टुडेपाटी

जनकपुरधाम, पुस २४ गते ।

सिरहामा मिटरब्याज पीडितमाथि दुव्र्यबहारसंगै खुकरी प्रहारको प्रयास गर्ने पक्राउ परेका छन् । खुकुरी प्रहारको प्रयास गर्ने कल्याणपुर नगरपालिका–८ अरङका मिटरब्याज पीडित संजयकुमार कामतीमाथि दुव्र्यबहारसंगै खुकुरी प्रहारको प्रयास गर्ने स्थानीय रामनारायण सिंहलाई पक्राउ गरेको हो ।

Sponsored

सिंहलाई दिउँसो घरबाट पक्राउ गरेको इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी जितेन्द्र वस्नेतले जानकारी दिए ।

उनका अनुसार भिडियोमा खुकुरी तेर्साएको देखिएपछि उनलाई घरबाटै सिंहलाई पक्राउ गरेर हिरासतमा राखिएको हो । पीडितले उजुरी दिएपछि कानुनबमोजिक कारबाही गर्ने डिएसपी वस्नेतले बताए ।

कल्याणपुर नगरपालिका वडा नं. ८ मझौराका मिटरब्याजी सुरेश पजियराले कब्जा गरी रामनारायण सिंह संग बेचिसकेको घरमा सोमबार दिउँसो संजय पस्न खोजेपछि उनीमाथि कुटपिटसंगै खुकुरी प्रहारको प्रयास भएको थियो ।

Sponsored

पीडित संजयले मिटरब्याजी सुरेश पजियारका भाई दिनेश पजियार र रामनारायणमाथि जिल्ला प्रशासन कार्यालयमा अनुचित लेनदेन सम्बन्धि उजुरी गत वैशाखमै दर्ता गराएका थिए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *