TodayPati

मधेश प्रदेशः करेन्ट लागेर एकजनाको मृत्यु

टुडेपाटी–
सिरहा, मंसिर २७ गते ।

करेनट लागेर सिरहाको गोलबजार नगरपालिका ५ मा एक युवकको मृत्यु भएको छ ।

खेतमा रहेको पानी तान्ने मोटरको तार विद्युतीय बोर्डमा जोडाउने क्रममा करेन्ट लागेर १८ वर्षीय रामरिझन सिंहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

Sponsored

करेन्ट लागेर मृत्यु भएका अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई जानकारी गराएका थिए ।

इलाका प्रहरी कार्यालय गोल बजारले घटनास्थलमा मुचुल्का तयार पारी मृतकको शव पोस्टमार्टमका लागि अस्पतालमा लगेको जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी डीएसपी रवीन्द्र राज पाण्डेले जानकारी दिए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *