TodayPati

जनकपुरमा ९२ क्वीन्टल अन्नको ११ हजार स्कवायरफिटको राम र सीताको मुर्ति बनाइँदै


टुडेपाटी–
जनकपुरधाम, मंसिर २७ गते ।

विवाहपञ्चमीका लागि जनकपुरमा आजबाट ११ हजार स्क्वायर फिटको अन्नको मुर्ति निर्माण गरिँदै छ । विवाहपञ्चमीलाई विश्वमा चिनाउन र विश्व रेकर्डका लागि प्रतिमा निर्माण गर्न लागिएको जनकपुर बृहत्तर क्षेत्र विकास कोषका अध्यक्ष शीतल साहले बताए । उनका अनुसार स्वंम्वरको प्रतिक स्वरुप राम सिताको मुर्ति बनाउन लागिएको हो ।

यसअघि भारतको अयोध्यामा बनेको १० हजार ८०० स्क्वायर फिटको मूर्तिले गिनिज बुकमा नाम दर्ज गराई सकेको छ । जनकपुरमा त्योभन्दा ठुलो मूर्ति बनाउन लागिएको र गिजिन बुकमा विश्व रेकर्डका लागि आफुहरुले दावी गर्ने साहले बताए । मुर्ति निर्माणका लागि भारतको उत्तरप्रदेशबाट कालिगढहरु आएका छन् ।

Sponsored

९२ क्विन्टल अन्नबाट बन्ने मुर्ति निर्माणमा करिब २२ लाख खर्च हुने उनको भनाई छ । मुर्ति निर्माणमा चामल २५ क्विन्टल, गहुँ ६ क्विन्टल, सोयाबिन ६ क्विन्टल, चना १८ क्विन्टल, उरिद दाल १८ क्विन्टल, चना दाल, रहर दाल र मसुर दाल ४ ४ क्विन्छटल, मकै ३ क्विन्टल, मंफली २ र मुंग दाल १२ क्विन्टल प्रयोग गरिनेछ ।

‘मुर्ति रंगरोगन गरिने छैन् रंग अनुसारकै अन्नको प्रयोग गरिनेछ । विवाहपञ्चमी सकिएपछि अन्न पुनः प्रयोग गरिनेछ । कि त सहयोग गरेको गल्ला भण्डारले अन्न फिर्ता लिनेछ कि असहायहरुलाई त्यो अन्न दान गरिनेछ, उनले भने । मुर्ति निर्माणका लागि जनकपुर उद्योग वाणिज्य संघ, वृहत्तर जनकपुर, यहाँका व्यवसायी, उपमहानगरपालिका लागयतले चंदा सहयोग गरेको उनको भनाई छ । पुस १ गतेदेखि जनकपुरमा भव्य रुपमा विवाह महोत्सव मनाउने तयारी चलिरहेको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *