TodayPati

मधेशमा जनसांख्यिक चापको प्रभावबारे जनकपुरमा शुक्रवार बहस, यी हुन् वक्ताहरु

टुडेपाटी-

जनकपुरधाम, मंसिर २७ गते ।

मधेशमा जनसांख्यिक चापको प्रभावबारे बहस हुने भएको छ । आउँदो शुक्रबार नर्थ साउथ कलेक्टिव्स जनकपुरधामको प्राङ्गनमा दिउँसो १ बजेबाट बहस हुन लागेको हो ।

Sponsored

‘मधेश विर्मश श्रृख्ला’ अन्तर्गत नर्थ साउथ कलेक्टिव्सको आयोजनामा प्रत्येक महिना विभिन्न मुद्दामाथि बहस हुँदै आएको छ ।

सोही मधेश विर्मश श्रृख्लालाई निरन्तरता दिँदै ‘मधेशमा जनसांख्यिक चापको प्रभाव’ विषयमा बहस हुन लागेको आयोजक संस्थाका प्रमुख राकेश मिश्रले जानकारी दिए ।

उनका अनुसार कार्यक्रममा राजनीतिक विश्लेषक तथा लेखक सिके लाल मुख्य वक्ता रहेको छ ।

Sponsored

यस्तै, विर्मशमा शोधकर्ता तथा सामाजिक अभियन्ता इन्दु थारु र पत्रकार जनकराज सापकोटाले आफ्ना विचार र अध्ययन÷अनुभव सुनाउने प्रमुख मिश्रले जानकारी दिए ।

मधेशमा गौन रहेको विषयहरुमाथि प्रकाश पारी मूलधारको बहसमा ल्याउन यसप्रकारको कार्यक्रम आयोजना गरिएको आयोजक संस्थाका कार्यक्रम संयोजक मनोज साहले बताए ।

‘मुख्यत हाम्रो उद्देश्य ज्ञान उत्पादन र क्षमता अभिवृद्धि गर्नु हो,’उनले भने,‘त्योसंग संगै यस प्रकारको कार्यक्रममार्फत गौन रहेको महत्तवपूर्ण मुद्दाहरु पनि बाहिर ल्याउने प्रयास गरेका छौं ।’

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *