TodayPati

आगो ताप्ने क्रममा घर जल्दा एक जनाको मृत्यु

टुडेपाटी–
सिन्धुपाल्चोक, मंसिर १९ गते ।

आगो ताप्ने क्रममा घर जल्दा सिन्धुपाल्चोकको बाह्रबिसेमा एकजनाको मृत्यु भएको छ ।

आगलागीमा परी बाह्रबिसे नगरपालिका–८ का ४५ वर्षीय ४५ लोकबहादुर नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक निरञ्जन भट्टराईले जानकारी दिए ।

Sponsored

सोमबार साँझ आगलागीबाट लोकबहादुरको पूरै शरीर जलेर घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक भट्टराईले बताए ।

लोकबहादुरको परिवारका अन्य सदस्यलाई भने प्रहरीले उद्धार गरेको थियो ।

घरभित्र आगो बालेर ताप्ने क्रममा आगलागी भई खाना पकाउने ग्यास सिलिण्डर पड्किएको थियो । काठले बारेको जस्तापाताको छानो भएको एकतले घर क्षतिग्रस्त भएको छ ।

Sponsored

आगलागीबाट भएको क्षतिको अन्य विवरण भने आउन बाँकी छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *