TodayPati

इन्डोनेसियामा ज्वालामुखी विस्फोट, ११ पर्वतारोहीको मृत्यु

एजेन्सी-
जनकपुरधाम, मंसिर १९ गते ।

इन्डोनेसियामा ज्वालामुखी विस्फोट हुँदा ११ पर्वतारोहीको मृत्यु भएको छ । इन्डोनेसियाको सुमात्रा टापुमा रहेको मारापी ज्वालामुखी विस्फोट भएको हो ।

ज्वालामुखीमा परेर कम्तीमा ११ पर्वतारोहीको मृत्यु भएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएको छ । अझै बेपत्ता भएको बताइएको छ ।

Sponsored

पहिलो चरणमा ४९ जना आरोही फेला परेका थिए । उनीहरूलाई अस्पताल लगिएको छ भने केही अस्पतालबाट घर फर्किसकेका छन् ।

दोस्रो चरणमा १४ जनालाई फेला पारेको बताइएको छ । कुल ७५ आरोहीहरूको खोजी गर्न अधिकारीहरूले लगभग सय जनालाई खटाइएको छ ।

समुन्द्री सतहबाट २ हजार ८ सय ९१ मिटर उचाईमा रहेको मारापी हिमाल ज्वालामुखीको खरानी र चट्टान वरपरका क्षेत्रमा फैलिएको छ । अधिकारीहरूले मानिसहरूलाई मुख्य खाडलको ३ किलोमिटरको दायराभित्र खतरा क्षेत्रमा जान निषेध गरेका छन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *