मधेश प्रदेशः अबैध कुखुराको चल्ला नष्ट
टुडेपाटी–
बारा, मंसिर १९ गते ।
बारा प्रहरीले भारतबाट अबैध रुपमा ल्याइएको लाखौँ मूल्य बराबरको कुखुराको चल्ला नष्ट गरेको छ ।
भारतबाट अबैध रुपमा ल्याइएको अन्दाजी १ लाख ६० हजार मूल्य बराबरको कुखुराको चच्ला नष्ट गरिएको प्रहरीले जनाएका छन् ।
प्रहरी कारवाहीको सिलशिलामा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको मोटरसाइकल गस्ती टोलीले बिहान ६ बजेको समयमा कलैया उपमहानगरपालिका २३ भतौडा स्थित बा ३६ प ७२७३ नम्बरको मोटरसाइकलमा अबैध रूपमा भारतबाट ल्याउदै गरेको १६ कार्टुन कुखुराको चच्ला नियन्त्रणमा लिई नष्ट गरीएको जनाइएको छ ।