TodayPati

मधेश प्रदेशः पेस्तोल र गोली बरामद

टुडेपाटी–
सप्तरी, मंसिर ११ गते ।

सप्तरीमा सशस्त्र प्रहरीले कटुवा पेस्तोल र गोली बरामद गरेको छ ।

जिल्लाको बलान–बिहुल गाउँपालिका–४, वेल्हीबाट आइतबार पेस्तोलसहित दुई राउन्ड गोली बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ ।

Sponsored

मोटरसाइकलमा नेपालबाट भारततर्फ जाँदै गरेका व्यक्तिले बीओपी बेल्हीको टोलीलाई देख्नासाथ उनीहरूले बोकेको कपडाको पोका छाडी फरार भएका थिए ।

फरार भएपछि सो पोका चेकजाँच गर्दा कटुवा पेस्तोल र गोली फेला परेको थियो ।

सशस्त्र प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाले बरामद पेस्तोल र गोली जिल्ला प्रहरी कार्यालय सप्तरी राजविराजमा बुझाइएको जानकारी दिए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *