TodayPati

मधेश प्रदेशः फोहोरमा जुम्ल्याह नवजात शिशुको शव फेला

टुडेपाटी–
सर्लाही, मंसिर ११ गते ।

सर्लाहीमा फोहोरमा नवजात जुम्ल्याह शिशुको शव फेला परेको छ ।

मलंगवा नगरपालिका ९ स्थित सडक छेउमा थुपारिएको फोहोरको थुप्रोमा अन्दाजी ५÷६ महिनाजतिको देखिने मृत जुम्ल्याह शिशुको शव फेला परेको प्रहरीले जनाएका छन् ।

Sponsored

बाटो हिँडने बटुवाले शिशुको शव देखेपछि प्रहरीलाई खबर गरेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दीपेन्द्र पञ्जियार थारुले जानकारी दिए ।

शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवामा राखिएको छ भने शिशु फाल्नेको खोजी सुरु गरिएको डिएसपी थारुले बताए ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएका छन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *