TodayPati

धनुषामा खेतमा सिँचाइ गर्न गएका वृद्धको करेन्ट लागेर मृत्यु

टुडेपाटी-
जनकपुरधाम, मंसिर ११ गते ।

धनुषामा करेन्ट लागेर एक वृद्ध कृषकको मृत्यू भएको छ । मृत्यु हुनेमा धनुषाको हँसपुर नगरपालिका ८ झटियाहीका ६५ बर्षिय राजेन्द्र राउत छन् ।

सोमबार विहान ११ बजेको समयमा आफ्नै खेतमा पानी सिँचाई गर्न पुगेका उनको नांगो तरमा करेन्ट लागेर मृत्यू भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

Sponsored

मृतकको शवलाई पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटना विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *