TodayPati

मधेश प्रदेशः करेन्ट लागेर वृद्धाको मृत्यु

टुडेपाटी–
सर्लाही, मंसिर १० गते ।

सर्लाहीमा करेन्ट लागेर एक वृद्धको मृत्यु भएको छ ।

जिल्लाको बसबरिया गाउँपालिका ५ धनगढामा करेन्ट लागेर स्थानीय पन्ची रायकी श्रीमती ८० वर्षीया बिल्टी देवी यादवको मृत्यु भएको प्रहरीले जनाएका छन् ।

Sponsored

शनिबार साँझ बोर्डिङ स्कुलमा जोडिएको बिजुलीको तारमा छुँदा करेन्ट लागेर वृद्धाको मृत्यु भएको प्रहरीले जनाएका छन् ।

चुँडिएर कालो टेप लगाइएको तार पुनः चुँडिएको र त्यही तारमा छुँदा उनको मृत्यु भएको हो ।

मृतक वृद्धाको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवामा पठाइएको सर्लाही प्रहरीले जनाएका छन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *