TodayPati

कमला स्नानका लागि धनुषाको यी तीन स्थानीय तहमा बिदा

टुडेपाटी–
जनकपुरधाम, मंसिर १० गते ।

धनुषाको तीनवटा स्थानीय तहले कमला स्नान तथा भूतमेलाका लागि नगरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

कमला नगरपालिका र गणेशमान चारनाथ नगरपालिकाले कमला स्थान तथा भूत मेलाका लागि सोमबार र जनकनन्दिनी गाउँपालिकाले आइतबार र सोमबार गरी दुई दिन नगरमा सार्वजनिक बिदा दिएको छ ।

Sponsored

कमलाकी उपमेयर तुलसा कुमारी पाण्डेले आइतबार एक सूचना जारी गर्दै कार्तिक पुर्णिमाको दिन वर्षौदेखि कमला स्थान तथा भूत मेला लागिरहेकाले उक्त मेलाका लागि नगरमा सार्वजनिक बिदा दिएको जनाएकी छिन् ।

यस्तै, कमला नगरपालिकाले समेत आइतबार नै सूचना जारी गर्दै नगरपालिका मातहतका सबै कार्यालयहरुमा सार्वजनिक बिदा दिएको जनाएको छ ।

यता, जनकनन्दिनी गाउँपालिकाले शुक्रबार नै सूचना जारी गर्दै आइतबार र सोमबार नगरभित्र सार्वजनिक बिदा दिएको गाउँपालिका अध्यक्ष दिपिन देव यादवले जानकारी दिए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *