TodayPati

जनमत पार्टीले आज रंगभेदविरुद्धको एकता दिवस मनाउँदै

टुडेपाटी-
जनकपुरधाम, मंसिर १० गते ।

जनमत पार्टीले आज रंगभेदविरुद्धको एकता दिवस मनाउँदैछ । आज रंगभेदविरुद्धको दिवस मनाउने कार्यक्रम रहेको जनमत पार्टीका सविच बीपी साहले जानकारी दिएका छन् । उनका अनुसार पार्टीको संगठन रहेको तराई मधेसको २३ वटा जिल्लामा यो दिनवस मनाइँदै छ ।

२०७१ मंसिर १० गते काठमाडौंको सुन्धारामा राज्यबाटै मधेसी, थारु, आदिवासी र जनजातीसँग रंगको आधारमा विभेद हुँदै आएको दाबी गर्दै तत्कालिन स्वतन्त्र मधेस गठबन्धनका संयोजक तथा वर्तमान जनमत पार्टीका अध्यक्ष डा.सिके राउतको नेतृत्वमा विशाल सभामा गरेको थियो ।

Sponsored

सोही क्रममा रंगकै आधारमा नेपाल प्रहरीले ४ सय ६५ जनालाई गिरफ्तार गरेको थियो । त्यही बेलादेखि स्वतन्त्र मधेस गठबन्धन र हाल जनमत पार्टीले यो दिवसलाई हरेक वर्ष मंसिर १० गतेको दिनमा मनाउँदै आएको छ ।

रंगभेद अन्त्य गर्न र राष्ट्रिय एकता तथा सद्भाव कायम गर्न रंगभेदविरूद्ध एकता दिवस मनाउँन प्रतिनिधि सभामा जनमत पार्टीका अध्यक्ष डा. राउतले संकल्प प्रस्ताव पनि दर्ता गराका छन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *