TodayPati

मधेश प्रदेशः स्रोत नखुलेको करिब पाँच लाख रुपैयाँ सहित एकजना पक्राउ

टुडेपाटी–
जनकपुरधाम, कार्तिक १५ गते ।

स्रोत नखुलेको करिब पाँच लाख रुपैयाँसहित सिरहा प्रहरीले एक भारतीय युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको बिहार राज्य जिल्ला मधुबनी ग्राम पञ्चायत सुगापट्टि वडा नं. ११ बस्ने २९ वर्षीय सन्तोष कुमार महत्तो रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

Sponsored

प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रबिन्द्रराज पाण्डेका अनुसार मंगलबार साँझ सखुवानान्कारकट्टि गाँउपालिका ५ स्थितमा इलाका प्रहरी कार्यालय महेशबारी सिरहाबाट खटिएको प्रहरी टोलीले ठाडिबाट लहानतर्फ गइरहेको अनटेष्ट अटोलाई रोकी चेकजाँच गर्दा महत्तोले बोकेको झोलाबाट श्रोत नखुलेको ४ लाख ९७ हजार ९ सय नेपाली रुपैयाँ बरामद भएको हो ।

युवकलाई रकमसहित आवश्यक कार्वाहीको लागि राजस्व अनुसन्धान कार्यालय ईटहरी, सुनसरी पठाईएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *